बानेश्वरमा झडप हुँदा डीएसपी गगां पौडेल घाइते

काठमाडौं। बानेश्वरबाट १२ जना पक्राउ परेका छन् । आइतबार बिहान ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले गरेको प्रदर्शनमा झडप हुँदा झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका थिए ।

डीएसपी पौडेलको सिभिल अस्पतालमा उपचार भइरहेको छ। सङ्घर्ष समितिले केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेको छ ।