नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आइपिओ बिक्री खुला गरेको छ । आज आइतबाट कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषहरूलाई निष्कासन गरी बाँडफाँट गरेसँगै सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो । कम्पनीले १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पाइने छ भने, अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले फागुन १५ गतेसम्म उक्त आइपिओमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ’मेरो सेयर’ अनलाईन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।