हिमालयन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १४ प्रतिशत बोनस वितरण गर्ने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आइतबार, फगुन ११ गते अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौंमा बिहान साढे १० बजे आयोजना गरेको हो । सभामा आर्थिक वर्ष २०७९/८० का लागि चुक्तापूँजीको १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। बोनस सेयरमा लाग्ने कर भने सेयरधनीहरूले स्वयं भुक्तानी गर्नुपर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। यसअनुसार, माघ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, र अन्य आवश्यक प्रस्तावहरू पारित गर्ने एजेन्डाहरू पनि समावेश छन्।