ताप्लेजुङको फुङलिङमा अनिश्चितकालीन निषेधाआज्ञा

ताप्लोजुङ । ताप्लोजुङको पाथीमारामा बन्न लागेको केबलकार विवादले उग्ररुप लिएपछि पुङलिङमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ । आइतबार बिहान ५ बेजबिाट लागु हुने गरी जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले निषेधाज्ञा लगाएको हो ।

निषेधाज्ञा नगरपालिका भित्रका चार किल्लामा अनिश्चितकालका लागि जारी भएको छ । पाथीभारमा नो केबलकार पक्ष्क्ष र प्रहरीबिच पुङलिङ बजारमा शनिबार राति झडप भएको थियो । झडपमा ८ जना प्रहरी र आन्दोलनकारीहरू घाइते भएका थिए। त्यसलगत स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालयले फुङलिङ बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानिय स्तरमा हुलदंगा, झडप का कारणले शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिले गर्दा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको सूचनामा उल्लेख छ। निषेधित क्षेत्रमा ५ (पाँच) जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस प्रदर्शन घेराउ जस्ता कार्यक्रम गर्न निषेध गरिएको सूचनामा उल्लेख छ। घोषित अवधिभर जारी आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूह उपर प्रचलित कानून बमोजिम कारबाही हुने जानकारी स्थानीय प्रशासनले गराएको छ।