ट्रम्पलाई मेयर बालेनको प्रहार- नेपाल तपाईंको भन्दा राम्रो छ !

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमख बालेन शाहले अमेरिकालाई अल्छेहरुको देश भनेका छन् । प्रमुख बालेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन् ’प्रिय डोनाल्ड जे ट्रम्प, हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराउनु भएकोमा धन्यवाद। हामी गरिब छौँ किनभने हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदै छन्। तपाईँ गरिब हुनुहुन्छ कि तपाईँका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन्। तपाईँ अल्छी मानिसहरू यसको लागि बाँकी संसार चाहिन्छ।’

बालेनले ट्रम्पलाई डीभीको दासत्व बन्द गर्न समेत सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,’कृपया आफ्नो अभिलाषा (DV) दासत्व पनि बन्द गर्नुहोस् । हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौँ। आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस्, र संसारलाई बढ्न दिनुहोस्।’