म्याग्दी । सहकारीको रकम हिनामिना गरको आरोपमा एक जना पक्राउ परेका छन् ।
म्याग्दीको बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारीको एक अर्ब ४९ करोड हिनामिना गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको हो ।
बेनी नगरपालिका–४ का लोकेश पुनमगर पक्राउ परेका छन् । बिहीबार जिल्ला अदालत म्याग्दीबाट फागुन म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



















