कवि फुयालले सम्हाले सन नेपाल लाइफको सिनियर डेपुटी सीईओ पद

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा सिनियर डेपुटी सीईयो बवि फुयालको पद बहाली भएको छ । आज सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यलयले उनको औपचारिक रुपमा पद बहाली गरेको हो ।

यसअघि आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहेका फुयाँलको गत भदौं ७ गतेदेखि पदावधी सकिएको थियो । बीमा क्षेत्रमा लामो अनुभव भएका फुयाँलले सन नेपाल लाइफलाई अझै उत्कृष्ट बनाउने विश्वास गरिएको छ ।