राप्रपाको कार्यसम्पादन बैठकमा पूर्वराजाको आह्वानबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ । केन्द्रीय कार्यसम्पादन बैठक फागुन १५ गतेका बस्ने भएको हो ।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठक, बैठकले गरेका निर्णयहरुको कार्यान्वयन, आन्दोलन, संगठानिक गतिविधिलगायतका विषयमा छलफल पार्टीले जनाएको छ ।

यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देशका विषयमा समेत बैठकमा छलफल हुने भएको छ। पूर्वराजाले देशको उन्नतिका लागि साथ दिन देशबासीलाई आह्वान गरेका थिए ।पूर्वराजाको आह्वानपछि राजावादी पार्टी राप्रपा उत्साहित देखिएको छ ।