काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज ९बिहीबार० नेपालले लेबनान सँग खेल्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार साँझ ६ बजे लेबनानसँग नेपालले खेल्दै छ । यसअघि पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १-० गोलले पराजित गरेको थियो ।






























