काठमाडौं । संविधान सभा सदस्य विदुर सापकोटाको निधन भएको छ। उनी नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य समेत हुन् । काठमाडौंको हेल्पिङ ह्यान्ड्स अस्पतालमा निधन भएको हो। ज्वरो आएपछि सापकोटा गत फागुन ४ गते अस्पताल भर्ना भएका थिए।
उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन काभ्रे-४ बाट निर्वाचित भएका थिए। त्यसअघि तीन पटक उम्मेदवार भए पनि चुनाव जित्न भने सकेका थिएनन्।
उनको पार्थिव शरीर केहीबेरमा पार्टी कार्यालय आलोकनगर लगिने र बिहान ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ। उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

























