काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा छ । चलचित्र ’लाज शरणम्’ को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको हो
आज बिहानसम्म यो गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ। ’नेपाल हाँसेको…’ बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर र ¥याप छ। गीतले विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ।
कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ। सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको कोरसमा स्वर छ।
’लाज शरणम्’ फिल्मको मुख्य भूमिकामा सिताराम कट्टेल ’धर्मुस’ मुख्य भूमिकामा छन्। यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन्। फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने ’लाज शरणम्’ यो वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो।

























