एजेन्सी । अमेरिकाको एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा सोमबार विमान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। विमानस्थलमा दुई निजी विमानहरू ठोक्किएका थिए ।
यो दुर्घटनापछि सबै उडानहरू रद्द गरिएका छन्। उड्डयन योजना र आउटरिच संयोजक केली कुएस्टरका अनुसार स्कट्सडेल विमानस्थलमा एउटा मध्यम आकारको व्यावसायिक जेट धावनमार्गबाट बाहिर निस्केर एउटा निजी जेटसँग ठोक्किँदा दुर्घटना भएको थियो।
स्कट्सडेल अग्नि नियन्त्रण विभागका क्याप्टेन डेभ फोलियोले एक जनाको घटनास्थलमै मृत्यु भएको बताए। यसबाहेक अन्य चार जना घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।































