ललितपुर । ललितपुरको पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले भियतनामी नागरिक माई होङ्ग किन्हालनलाई पक्राउ गरेको हो ।
बिहीबार जिरे भन्ने पल चेपाङ अपहरणमा परेको भनेर उनकी आमाले प्रहरीलाई जानकारी गराएकी थिइन् । बालकलाई कलंकीस्थित मेचि गेष्ट हाउसबाट उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
आरोपीले सो गेस्टहाउसमा बालकलाई बन्धक बनाएका थिए । घटनाबारे पत्रकार सम्मलेन गरेर जानकारी गराउने तयारी प्रहरीले गरेको छ ।































