पूर्व बन्दमा प्रहरी र बन्दकर्ताबीच झडप

झापा । ताप्लेजुङको पाथिभारामा निमार्णमा हुन लागेको केबलकारको विरोधमा पहिचान पक्ष र प्रहरीबीच झापामा झडप भएको छ । झापामा बन्द गराउँदै हिँड्ने अहिलेसम्म ४ प्रर्दशनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

केबलकारको विरोध गर्दै आइरहेको संघर्ष समितिले आज र भोलि झापासहित पूर्वका नौ जिल्लामा बन्दको आह्वान गरेको छ । ताप्लेजुङ,पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र बन्दको आह्वान गरेको हो ।

झापामा बन्द गराउँदै हिँड्ने तीनजनालाई प्रहरीले विहानै पक्राउ गरिसकेको छ ।