राष्ट्रिय सभा बैठकमै सांसद ढले

काठमाडौं । राष्ट्रिय सभा सांसद नारायणदत्त भट्ट अस्वस्थ्य भएका छन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा सहभागी भएका सांसद भट्टको स्वास्थ्यमा एक्कासि समस्या देखिएको हो।

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद भट्टलाई उपचारका लागि तत्कालै संसद् भवनस्थित स्वास्थ्य शाखामा पुर्याइएको थियो । रक्तचाप र मधुमेहको समस्या देखिएका सांसद भट्टको संघीय संसद भवन परिपरमै उपचार गराइएको छ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले भट्टको स्वास्थ्य अवस्थाबारे बैठकमै सोधखोज गरेका छन्।