एनएमबी कैंक चोरी गर्ने व्यक्ति पक्राउ

तुलसीपुर । एनएमबी कैंकमा चोरी गर्न गएका व्यत्ति पक्राउ परेका छन् ।

तुलसीपुरमा रहेको एनएमबी बैङ्कको शाखामा चोरी गर्न गएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार बिहान दुई बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ क लाइनमा रहेको बैङ्कमा चोरी भइरहेको सूचना पाएपछि प्रहरी पुगेको थियो ।

इलाका प्रहरी कार्यालय प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विनोदराज खत्रीको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार तुलसीपुर १८ दुधरास का सन्तोष चौधरी बैङ्कको च्यानल गेटको ताला तोडेर भित्र प्रवेश गरेकै अवस्थामा पक्राउ गरिएको हो । सोही क्रममा उनलाई प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।