अछाममा दुई किशोरी मृत भेटिए

अछाम । अछाममा दुई यवती मृत भेटिएका छन् । अछामको ढकारी गाउँपालिका-८ पल्साताका दुई किशोरी मृत अवस्थामा फेला परेका हुन् । बाख्रा चराउन शुक्रबार जंगल गएका उनीहरू शनिबार दिउँसो मृत फेला भेटिएका वडा नम्बर आठका पूर्ववडाध्यक्ष लाल बहादुर भण्डारीले बताए ।

उनका अनुसार १४ वर्षकी ईश्वरी खड्का र १५ वर्षकी सरस्वती खड्का जंगलमा मृत भेटिएका हुन् । उनीहरूको शव करिब १६ मिटरको दूरीको फरकमा फेला परेको हो ।

उनीहरू कमल बजार नगरपालिका–१० मा रहेको विद्याज्योति माविमा कक्षा ८ अध्ययनरत थिए । मृत भेटिएका दुवै किशोरीको शरीरमा चोटपटकको निशाना देखिएको भण्डारीले बताए । जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी प्रसाद भण्डारीले आफू अहिले घटनास्थलमा रहेको बताए ।

घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।