काठमाडौं । अलिफ खान र अन्जु विश्वकर्माको स्वर रहेको ‘रुन हुन्न भन्छु अरुलाई’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘हिमाली कल्चर ग्रुप’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतको शब्द सीता पंगेनीको रहेको छ भने, संगीत दीपक थापाले गरेका छन् । भिडियोको निर्देशक सपना शर्मा कँडेल गरेकी छन् भने, छायांकन गणेश सापकोटाको रहेको छ । भिडियोमा सपन कँडेल र गंगा कँडेलको अभिनय रहेको छ ।
पोस्टर डिजाइन आरटीआर मल्टिमिडियाको रहेको छ भने, भिडियो सम्पादन र कलरिस्ट सुवास अमगाईले गरेका हुन् । यम थापा मगरले संगीत संयोजन गरेका छन् भने, अडियो मिक्सिङ श्यामस्वेत रसाइलीको हरेको छ ।
सपना शर्मा कँडेलको निर्देशनमा निर्माण भएको यस म्युजिक भिडियो प्रेम र मिलनको भावनाहरूलाई समेटेको छ । आफ्नो मनमा पीडाहरु प्रसस्त हुँदा समेत अरुलाई नदेखाई रुन हुन्न भन्नु पर्ने बाध्यता जस्ता दृश्य भिडियोमा देखाएको छ ।