बिआरआई सम्झौतामा ऋण भन्ने छैन : परराष्ट्र मन्त्री

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले बिआरआई सम्झौतामा कतै पनि ऋण भन्ने शब्द नरहेको बताएकी छन्।

प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सोमबारको बैठकमा बोल्दै उनले नेपाल सरकार र चीनबीच हालै सम्पन्न बिआरआई सम्झौतामा ऋण लिने भन्ने शब्द कतै पनि नभएको बताएकी हुन्।

नेपालले बिआरआईअन्तर्गत सहयोगमा आधारित परियोजनामा हस्ताक्षर गरेको र त्यसमा ऋण लिने भन्ने कुरा नलेखिएको पनि उनले बताइन्।