‘लज्जावती’ प्रदर्शन अघि ड्रिम इन्टरनेशनलमा कलाकार सम्मानित १०० विद्यार्थीलाई निःशुल्क टिकट अवसर

नेपाली चलचित्रलाई निजी क्षेत्रको साथ आवश्यक छ ड्रिम ग्रुपका एमडी थापा

काठमाडौं । नेपाली चलचित्र ‘लज्जावती’ को प्रदर्शनलाई लक्षित गर्दै ड्रिम ग्रुप अफ कम्पनीले चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्य सहित विशेष कार्यक्रम आयोजना गरेको छ।

साउन २९ गते अर्थात् अगस्ट १४ देखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘लज्जावती’को सफलताको शुभकामना दिँदै ड्रिम ग्रुप अफ कम्पनीका म्यानेजिङ डाइरेक्टर देविन्द्र थापाले नेपाली चलचित्रलाई निजी क्षेत्रबाट निरन्तर सहयोग आवश्यक रहेको बताए।

कमलादीस्थित ड्रिम इन्टरनेशनल कन्सल्टेन्सी प्रा.लि. मा आयोजित कार्यक्रममा चलचित्रका मुख्य कलाकार श्रीकृष्ण निरौला, विनोद श्रेष्ठ, जानुका बी.के. र मेनुका माझीलाई विशेष निमन्त्रणा सहित स्वागत तथा सम्मान गरिएको थियो।

कार्यक्रममा थापाले नेपाली चलचित्रले स्वदेशी कला, संस्कृति र मौलिकतालाई प्रवर्द्धन गरिरहेको उल्लेख गर्दै ‘लज्जावती’ले दर्शकको राम्रो साथ पाउने विश्वास व्यक्त गरे।

यसै क्रममा ड्रिम इन्टरनेशनल कन्सल्टेन्सीमार्फत विभिन्न मुलुकमा उच्च शिक्षा अध्ययनका लागि स्टुडेन्ट भिसा आवेदन दिने १०० जना विद्यार्थीलाई ‘लज्जावती’ हेर्न निःशुल्क टिकट उपलब्ध गराउने घोषणा गरिएको छ। नेपाली चलचित्र प्रति युवा पुस्ताको रुचि बढाउने र स्वदेशी चलचित्र उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो पहल गरिएको थापाले बताए।

कार्यक्रममा सहभागी कलाकारहरूले विदेश अध्ययनको तयारी गरिरहेका विद्यार्थीलाई शैक्षिक परामर्शका लागि विश्वसनीय संस्था छनोट गर्न सुझाव दिए। उनीहरूले कमलादी स्थित ड्रिम इन्टरनेशनल कन्सल्टेन्सी बाट अध्ययन गन्तव्य, कलेज छनोट तथा आवेदन प्रक्रिया सम्बन्धी आवश्यक जानकारी लिन सकिने बताए।

चलचित्र ‘लज्जावती’ साउन २९ गते (अगस्ट १४) देखि देश भरका चलचित्र हलमा प्रदर्शन हुँदैछ। चलचित्र निर्माण टोलीले नेपाली चलचित्रलाई माया, साथ र समर्थन गर्न दर्शकलाई हलसम्म पुगेर चलचित्र हेर्न आग्रह गरेको छ।