युरोकप सेमिफाइनल : स्पेन र फ्रान्स भिड्दै

एजेन्सी । जर्मनीमा जारी युरोकप फुटबल आज राति सेमिफाइनलको पहिलो खेल हुँदैछ ।

म्युनिखस्थित म्युनिख फुटबल एरिनामा पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्सबीच नेपाली समयअनुसार राति पौने १ बजे हुँदैछ ।

स्पेन आयोजक जर्मनी र फ्रान्स पोर्चुगललाई क्वार्टरफाइनलमा हराउँदै सेमिफाइनलमा पुगेका हुन् ।