काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज भारत र नेदरल्याण्ड्स भिड्दैछन्।
जारी प्रतियोगितामा यसअघिका सबै ८ खेल जितेर घरेलु टोली भारत शीर्ष स्थानमा छ भने समान ८ खेल खेलेको नेदरल्याण्ड्स २ खेलमा जित निकाल्दै अन्तिम स्थानमा छ। यी दई टोलीबीचको खेल दिउँसो सवा २ बजे बैंगलुरुमा सुरु हुनेछ।
प्रतियोगितामा भारतसहित दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्यूजिल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन्। यसअघि गएराति सम्पन्न खेलमा इङ्ल्याण्डले पाकिस्तानलाई ९३ रनले पराजित गरेको थियो।