काठमाडौं । टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपरओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।
आज आइतवार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनमात्र बनाउन सक्यो ।