काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल अन्तर्गत आज मंगलबार समूह ‘ए’मा रहेको घरेलु टोली नेपाल र मेलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ः१५ बजेबाट सुरु हुनेछ । नेपाल लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने मलेसिया पहिलो जितको खोजीमा हुनेछ ।
यसअघि हिजो सोमबार नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो भने समूह ‘ए’मा रहेको मलेसिया ओमानसँग ३२ रनले पराजित भएको थियो ।
यसैगरी, आज बिहान ९ बजे समूह ‘ए’मा रहेको ओमान र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । सोही समयमा समूह ‘बी’मा रहेको बहराइन र हङकङबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
यसअघि हिजो सोमबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा समूह ‘बी’ रहेको हङकङले कुवेतलाई १६ रनले पराजित गरेको थियो भने युएईले बहराइनलाई ५ विकेटले पराजित गरेको थियो ।
यस्तै आजै समूह ‘बी’ रहेको कुवेत र युएईबीचको खेल आजै दिउँसो १ः१५ बजेबाट त्रिवि क्रिकेट मैदान हुनेछ।