Hotel Panchthar Nepco Media

वैदेशिक राेजगार विभागको सुचाना प्रणालीमा समस्या

काठमाडौं । वैदेशिक रोजगार विभागको सुचना प्रणाली(FEIMS)मा प्राविधिक समस्या उत्पन्न भएको छ ।

विभागको सुचना प्रणाली (FEIMS)मा बायोमेट्रिक डेक्सटप एप्लिकेशनबाट हुने ओरेन्टेशन र बायोमेट्रिकको कनेक्टिङमा प्राविधिक समस्या हुँदा श्रम स्वीकृति सम्बन्धि सेवा प्रवाह प्रभावित भएको जनाएको हो ।

विभागले समस्या समाधानका लागि प्रयास भइरहेको जानकारी दिएको छ ।

विभागद्वारा जारी गरिएको सुचना यस्तो छ,यस बिभागद्वारा सञ्चालित वैदेशिक रोजगार विभागको सुचना प्रणाली (FEIMS)मा बायोमेट्रिक डेक्सटप एप्लिकेशनबाट हुने गरेको श्रमिकको ओरेन्टेशन र बायाेमेट्रिककाे कनेक्टिङमा प्राविधिक समस्या उत्पन्न भई श्रम स्वीकृति सम्बन्धि सेवा प्रवाह प्रभावित भएकोले उक्त समस्याबाट प्रभावित सेवाग्राहीहरूलाई मध्यनजर गरि हाललाई श्रमिकको नयाँ र पुनः श्रम स्वीकृतिकाे लागि (FEIMS)मा biometric sectionलाई Skip गर्ने र orientation section काे लागि यस विभागमा दर्ता भएका अभिमुखीकरण संस्थाहरूबाट जारी गरेको २ (दुई) दिने अभिमुखीकरण तालिम लिएको प्रमाणपत्रलाई FEIMS मा upload गर्ने व्यवस्था मिलाईएकाेले साेहि बमोजिम गर्नु गराउनु हुन मिति २०८०/०७/१३ गतेकाे निर्णयनुसार अनुरोध छ ।