Hotel Panchthar Nepco Media

एसिया कप क्रिकेटको उपाधि भारतलाई

काठमाडाैँ । भारतले एसिया कप २०२३ को फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै उपाधि जितेको छ ।

योसँगै भारतले एसिया कप आठौं पटक जितेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको श्रीलंका १६ ओभरमै अलआउट हुँदै ५० रनमा समेटिएको थियो। जसलाई भारतले ६.१ ओभर खेल्दै भेट्टाएको हो।

भारतका शुभमन गिल १९ बलमा ६ चौकासहित २७ रनमा नटआउट रहे । ईशान किशन १८ बलमा ३ चौकासहित २२ रनमा नटआउट रहे ।

कोलम्बोस्थित प्रेमादसा रंगशालामा जारी खेलको टस जितेर ब्याटिङमा आएको घरेलु टिम १५.२ ओभरमा ५० रनमै समेटिएको थियाे ।

घरेलु टिमलाई सस्तैमा समेट्न भारतका सिराजले ६ विकेट लिए। सात ओभर बलिङ गरेका सिराजले एक मेडन राख्दै २१ रन खर्चिए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सिराजको यो अहिलेसम्मकै उत्कृष्ट स्पेल हो।

श्रीलंकाविरुद्ध सिराजले चौथो ओभरमा चार, छैटौँ ओभर र १२औँ ओभरमा समान एक विकेट लिएका थिए।