बाँके । बाँकेमा पूर्व-पश्चिम राजमार्गमा बम पड्किएर भ्वाङ परेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शनिबार राति राप्ती सोनारी गाउँपालिका-९ नजिकैको सडकमा बम पड्किएको हो।
द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको पुष्टि भएपछि सडक विभागले भ्वाङ पुरेको छ।