एजेन्सी। साबिक विजेता बार्सिलोनाले ला लिगाको नयाँ सिजनमा पहिलो जीत हात पारेको छ ।
आइतबार घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले क्याडिजलाई २-० गोलले हराएको हो ।
क्याम्प नाउको पुननिर्माण कार्य चलिरहेकाले बार्साले यो सिजन ओलम्पिक स्टेडियमलाई घरेलु मैदान बनाएको छ । बराबरी तर्फ अघि बढिरहेको खेलमा बार्साले अन्तिम समयमा दुई गोल गर्न सफल भएको थियो ।
८२ औँ मिनेटमा इल्के गुन्डोगानको पासमा पेड्रीले बार्सालाई अग्रता दिलाएका थिए । त्यसपछि इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीको पासमा फेरान टोरेसले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।