काठमाडौं। चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक सुरु भएको छ ।
नेकपा ९एकीकृत समाजवाद को केन्द्रीय कार्यालय आलोकनगरमा केही बेर अघिदेखि सुरु भएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार बैठकमा सरकारको कामको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भइरहेको छ ।
बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मितिसमेत तोक्ने जनाइएको छ ।
बैठकमा प्रधानमन्त्री तथा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, (जसपा)का अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेता सहभागी हुनेछन् ।