Hotel Panchthar Nepco Media

माछापुच्छ्रे बैंकले फिनपोस कारोबारमा आइपीएन जोड्यो

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पीओएस मेसिनमा इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेशन (आइपीएन) प्रविधिको शुरु गरेको छ ।

नेपालमा पहिलोपटक यो प्रविधिलाई प्रयोगमा ल्याउने बैंक माछापुच्छ्रे बैंक हो ।

नेपालभर फिनपोस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनीबाट पनि भुक्तानीको सुचना दिने गरी माछापुच्छ्रे बैंकले यो नविनतम प्रविधि सुरु गरेको बैंकले जनाएको छ ।

अब माछापुच्छ्रे बैंकका फिनपोस मर्चेन्टहरूले कार्ड, क्यूआर ९नेपाल पे या फोन पे० र एम–स्मार्ट एनएफसीमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनीमार्फत प्राप्त गर्ने भएका हुन्‌ ।

यो प्रविधिले गर्दा सेवाग्राही तथा मर्चेन्टहरूमाझ कार्ड कारोबारप्रति विश्वसनीयता अझ बढ्ने र भविष्यमा नगदरहित कारोबारमा समेत टेवा पुग्ने बैंकको दाबी छ ।

यस सुविधाबाट माछापुच्छ्रे बैंकका हजार भन्दा बढी फिनपोस पीओएस राख्ने मर्चेन्टहरू प्रत्यक्ष लाभान्वित हुनेछन् ।

बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।