काठमाडौं । संसदको अवरोध खुलाउन प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेता सोमबार बैठक बस्दै छन्।
सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओली तथा मुख्य सचेतकहरू सहितको छलफल हुन लागेको हो।
छलफल मध्याह्न १२ बजेलाई तय भएको छ।