काठमाण्डौ । नेपाली कांग्रेस जिल्ला सल्यानका सभापति केश बहादुर विष्ट प्रतिनिधि सभा निर्वाचमा एकल उमेदवार हुन । सभापति विष्ट जिल्ला समन्वय समिति सल्यानका प्रमुख रहदै अहिले जिल्लाका सबै स्थानिय मतदाताहरु सङ्ग भेटघाट तथा चुनाबी मैदानमा छन ।
प्रतिनिधि सभा निर्वाचन आउन अब केही दिन बाकी रहदा देशको संसदका लागि जनप्रतिनिधिहरू छान्ने प्रक्रियामा देशका बिभिन्न क्षेत्रबाट मतदाताहरूले आफ्नो प्रतिनिधि अर्थात सांसदहरूलाई चुन्ने गर्छन्। यसले कानुन निर्माण, नीति निर्धारण, र जनताको आवाज संसदमा पुर्याउने काम गर्छ।
विष्ट भन्छन सल्यान जिल्लाको आर्थिक विकास सुस्त गतिमा रहेकोले र सामाजिक सुधार दिगो बिकास बिचलन भएको अर्थतन्त्र उन्नतिको पहिलो प्राथमिकता योजनाहरूले स्थानीय जनजीवनलाई समृद्ध बनाउने पहिलो प्राथमिकता, रणनीति, र स्थानीय आवश्यकताहरू सँगको सम्बन्ध उजागर गर्ने हो ।
शिक्षा र स्वास्थ्यमा समान पहुँच सुनिश्चित गर्नु पहिलो प्राथमिकता र गाउँघरमा गुणस्तरीय विद्यालय, स्वास्थ्य चौकी, र स्वास्थ्य जनचेतना कार्यक्रमहरू विस्तार गर्ने, ताकि सल्यानका हरेक बालबालिकाले राम्रो शिक्षा पाउने, र हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा पाउने सुनिश्चित होस्।
युवा रोजगारका लागि स्थानीय सीप र कृषि, पर्यटन, र प्रविधि जस्ता क्षेत्रमा अवसरहरू बढाउने बाजो जग्गामा उत्पादनको निरन्तर दिदै कृषककाे सीप विकास तालिम, लघु उद्यम, वा पर्यटन प्रवर्द्धन जस्ता कार्यक्रममार्फत युवाहरूलाई स्वरोजगार वा रोजगारमा मद्दत गर्ने योजनाहरू बनाउन सक्ने बताएका छन्।
राप्ती राजमार्ग सल्यान पहाडी भौगोलिक अवस्थाका कारण बाटो सडक स्तरिय छैन स्तर उन्ननी गर्नु पर्ने शहरिकरणा गर्नुपर्ने अबस्था तथा पहुँच विकासमा बाधा आएको अब बन्ने काङ्रेस सरकारबाट बजेट सुनिश्चित गर्दै, पहाडी क्षेत्रमा उपयुक्त इन्जिनियरिङ्ग, तथा पुल , सडक निर्माणमा जोड दिनेछु, जसले सल्यानलाई दिगो विकास र पहुँचमा अग्रसर बनाउन सकिन्छ ।
नेपाली कांग्रेस र केश बहादुर बिस्टलाइ भोट दिनु पर्ने कारण ?
सभापति बिस्ट नेपाली कांग्रेसलाई र म केश बहदुर बिस्टलाइ भोट दिनु भनेको विश्वासको कुरा हो।
म सल्यानको आवाज संसदमा उठाउनेछु, स्थानीय विकास, शिक्षा, स्वास्थ्य, र रोजगारीका अवसरहरू सुनिश्चित गर्ने प्रतिबद्धता छ। म सल्यानको समस्या, चाहना, र आकांक्षाहरूलाई प्रतिनिधित्व गर्दै, विकासको साँचो लिएर अघि बढ्नेछु। “नेपाली कांग्रेसको नीति भनेको समावेशी लोकतन्त्र, आर्थिक समृद्धि, र सामाजिक न्यायमा आधारित छ।
यदि हामी प्रतिनिधि सभामा विजयी हुन्छौं, हाम्रो नीति स्थायी आर्थिक विकास, शिक्षा, स्वास्थ्य, र युवाहरूको अवसरमा वृद्धि गर्नेछ। हामी सबैको सहभागिता र समान अवसरमा भर पर्ने विकासतर्फ अग्रसर रहनेछौं।”
नेपाली कांग्रेसलाई चुनाब चिन्ह रुखमा मतदान गरेरे बिजय बिनाउन सम्पुर्ण सल्यानी मतदाता हरुलाई आह्वान गरेका छन ।




























