Hotel Panchthar Nepco Media

स्थगित बाग्मती प्रदेशसभा बैठक बस्दै

हेटौंडा । बिबादका बिचमा दुइ दिन देखी स्थगित भएको बागमती प्रदेश सभा बैठक आज बस्दैछ ।

प्रदेश संसद भवन, हेटाैडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसाे ४ बजे बाेलाइएकाे छ ।

प्रतिपक्षी नेकपा (एमाले)ले बिरोध जनाए पछि साेमवार देखी बैठक सुचारू हुन सकेकाे छ ।

साेमबारकाे बैठकमा एमालेले अबराेध गरेपछि सभामुख भुवन पाठकले १५ मिनेटका लागि स्थगित गरेका थिए । पछि बस्ने भनिए पनि पुनः बस्न नसके पछि मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियाे । तर, मंगलबार पनि बैठक भने बस्दै नबसी स्थगित गरिएपछि बुधवार ४ बजेका लागिसम्म स्थगित गरिएकाे थियाे ।

प्रदेश सरकारले ल्याएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल एमालेले साेमबारकाे बैठकमा अबरोध गरेको थियाे । त्यसपछि बागमती प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर मंगलबार २ बजेसम्मका लागि संसद स्थगित गरिएको जनाएको थियाे तर सहमति हुन नसक्दा मगलबार पनि बैठक सुचारू नै नभइ स्थगित गरिएकाे हाे ।

सो बिधेयक गत वैशाख १२ गते संसदबाट पारित भइ प्रदेश प्रमुख कार्यालयमा गएको थियो तर प्रदेश प्रमुख यादवचन्द्र शर्माले भने आफु समक्ष प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक फिर्ता गरिदिएका थिए ।