Hotel Panchthar Nepco Media

बेपत्ता चिकित्सकको शव सप्तकोशीमा भेटियो

काठमाडौं । सप्तकोशी नदीको पुलमा कार छोडेर बेपत्ता भएका चिकित्सक प्रज्ज्वल कोइरालाको शव फेला परेको छ।

झापा, दमक–१ का बासिन्दा उनी मोरङ उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत थिए।

उनको शव बराहक्षेत्र नगरपालिका–२ स्थित कोशीको भंगालोमा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कोसीमा माछा मार्नेहरूले शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

उनी भदौ १० गते राति सप्तकोशी नदीको छेउमा कार छोडेर डाक्टर बेपत्ता भएका थिए। बेलका नगरपालिका–८ मा कार पार्किङ गरेर कोइराला बेपत्ता भएका थिए।

उनले आत्महत्याको बाटो रोज्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।