काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा प्रतिकेजी मूल्य ५५, भारतीय ठूलो गोलभेडा ५५, टनेल गोलभेडा सानो ५०,आलु रातो ५५, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ४०, लोकल गोलभेडा सानो ४०, घिउ सिमी लोकल ९०, काउली स्थानिय ९०, हरियो फर्सी ५०, घिरौला ४० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ । दुइ साता अघि टमाटर १८० रूपैयाँमा खरिदबिक्री भइरहेकाे थियाे ।
त्यसैगरी ब्रोकाउली ३००, कागती २००, भिण्डी ४०, न्यूरो ९०,डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, बन्दा लोकल ७०, गाँजर १२०, मूला सेतो ९०, मूला रातो ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ५०, टाटे सिमी ८०, तितो करेला ८०, रातो बन्दा २०० ,लोकल काक्रो १००, अदुवा प्रतिकेजी १७० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, अनार २८०, केरा दर्जन १४०, नासपाती ७०, आभोकाडो २५०, कालो अंगुर ४५०, किवि ६००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ तथा रहु माछा ३१५, छडी माछा २४०, मुंगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै प्रतिकेजी खुर्सानी सुकेको ४५०, लप्सी ६०, हरियो धनियाँ १५०,नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २३०, गुन्दुक प्रतिकेजी २८०, भारतीय प्याँज सुकेको ७२, लसुन हरियो २२०, रुख कटहर ८०, छ्यापी सुकेको २००,भेडे खुर्सानी ८०, शरीफा १५०, फूजी स्याँउ ३२०, अम्बा १००,चुकुन्दर ७०, निबुवा ६०, कन्य च्याँउ १८०, मौसम १५०, जुनार ३२०, अमला ११०, तोफु ११०, पिंडालू ६०, तामा ९०,तने बोडी प्रतिकेजी ८० रूपैयाँमा कारोबार भइरहेको छ ।