झुलाघाटबाट एमालेको मध्य पहाडी लोकमार्ग सङ्कल्प यात्रा सुरु

बैतडी । नेकपा (एमाले)को मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु भएको छ ।

अध्यक्ष केपी ओलीले झन्डोत्तोलन गरेर अभियानको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानको शुभारम्भ रहेका हुन् ।

कार्यक्रमको उद्घाटनपछि बैतडी सदरमुकाम गोठलापानीको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

बैतडीबाट सुरु हुने कार्यक्रम पाँचथरको चिभञ्याङसम्म पुग्नेछ ।