एजेन्सी । इजरायल र हमासले दुई पक्षबीच जारी युद्धविरामलाई एकदिन थपेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायली सेनाले ूबन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दैू हमाससँगको युद्धविराम कायम रहने छ।
यसैबीच हमासले इजरायलसँगको युद्धविराम एक दिनको लागि लम्ब्याइएको र अब सातौं दिनमा पनि लागू हुने जनाएको छ ।
हमास र इजरायलबीच बन्धकहरूलाई लिएर भएको सम्झौता गत शुक्रबारदेखि लागू भएको थियो। जसअन्तर्गत हमासले केही इजरायली बन्धकहरूलाई रिहा गरिरहेको छ र बदलामा इजरायलले आफ्नो जेलबाट केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिरहेको छ।