काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज पनि जारी छ।
प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि सुरू हुने बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्।
बुधबारदेखि सुरू भएको बैठकमा पार्टीका अध्यक्ष प्रचण्डले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गरेका थिए।
हिजो सो प्रतिवेदनमाथि १८ जना केन्द्रीय सदस्यहरूले धारणा तथा सल्लाहसुझाव राखे।
प्रत्येक सदस्यलाई आफ्नो धारणा राख्न पाँच मिनेटको समय निर्धारण गरिएको छ।
बैठक साउन २१ सम्म चल्नेछ।