काठमाडौँं। आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।
आजको बैठकबाट मन्त्रालयगत रूपमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ ।
बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने सङ्घीय संसद् सचिवालयले जानकारी जनाएको छ ।
सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजे प्रतिनिधिसभा बैठक बस्नेछ ।