काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु भएको छ ।
बुधवार उजुरीकर्तासँगको छलफलपछि आज समितिले कार्कीलाई सुनुवाइका लागि बोलाएको हो ।
बिहान ८ बजेदेखि सुरु हुने भनेको सुनुवाइ केही ढिला सुरु भएको छ ।
कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।
लामो समयदेखि कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो ।
उहाँ विरुद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग बुधवार छलफल गरेको थियो ।
संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका लागि सिफारिसमा पर्नुभएका कार्कीलाई उहाँ विरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ ।