सल्यानमा दिदीबहिनी घरमै मृत भेटिए

सल्यान । सल्यानमा दिदीबहिनी मृत अवस्थामा भेटिएका छन् ।

सल्यान बन्गाड कुपिण्डे नगरपालिका-११ गलगोलमा बिहान दिदीबहिनी घरमै मृत भेटिएका हुन् ।

टेकमान राना र पुर्णिमा रानाका छोरीहरू ३ वर्षीया करिष्मा र ६ महिनाकी राघवी मृत भेटिएको जिल्ला प्रहरी सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले घटनाबारे अनुसन्धान गरिरहेको छ ।