पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज थुनछेक बहसको आदेश आउने सम्भावनाहरु बढेको छ ।
जाहेरवाला र प्रतिवादीहरुको तर्फबाट थुनछेक बहस सकिएको र सरकारका तर्फबाट जिल्ला न्यायधिबक्ताको तर्फबाट प्रतिउत्तर दिन बाँकी रहेको अवस्थामा आज जिल्ला न्यायधिबक्ताले प्रतिउत्तर दिएपछि आजै जिल्ला न्यायाधिश नितिज राइले थुनछेक बहसपछि आदेश दिने सम्भावना बढेको हो ।
बिहीबार सरकारी वकिलहरूले बहस गरेपछि साँझसम्म आदेश आउन सक्ने स्रेस्तेदार राजन खनालले बताए । बुधबार जाहेरवालाको तर्फबाट रमण कर्ण, राम घिमिरे र वेदबहादुर विष्टले जवाफी बहस गरेका छन्। पीडितहरूले न्याय पाउनका लागि सबैलाई पूर्पक्षका लागि थुनामा पठाउनुपर्ने दाबी वकिलहरूको रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने छुट्लान कि जेल जालान् भन्ने धेरैको जिज्ञासा छ ।






























