Hotel Panchthar Nepco Media

टिकटकले पायो नेपालमा वैधानिकता

काठमाडौं । सामाजिक सञ्जाल टिकटक नेपालमा पहिलो पटक आधिकारिक रूपमा सूचीकृत भएको छ ।

तिहारअघि नै प्रक्रिया पूरा भइसकेको भएपनि मङ्गलबार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा सूचीकृत भएको प्रमाणपत्र लिएको हो ।

नेपालमा सूचीकृत भएसँगै साइबर अपराधको अनुसन्धानमा उक्त कम्पनीले सघाउने प्रतिबद्धता जनाएको छ ।

सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे नौ महिनापछि २०८१ भदौ ६ मा मन्त्रिपरिषद् बैठकले सर्तसहित टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय लिएको थियो ।