सुख्खा पहिरोले दाङ-सल्यान सडक अवरुद्ध

तुलसीपुर। सुख्खा पहिरोले राप्ती लोकमार्ग अन्तर्गत दाङ-सल्यान खण्ड अवरुद्ध भएको छ । आज बिहान देखि सुख्खा पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको हो ।

तुलसीपुर उपमहानगरपालिका–३ श्रीखोलामा माथिबाट सुख्खा पहिरो आउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।