६५० एमजी सिटामोल बेच्न औषधि विभागले अनुमति नदिने

काठमाडौं । मोटोपन र अन्य शारीरिक समस्याको उपचारका लागि बिरामीलाई सिफारिस गरिँदै आएको ५०० एमजीको सिटामोलको एक चक्कीले बिरामीलाई मात्रा नपुगेको भन्दै औषधि उत्पादक कम्पनीहरूलाई ६५० एमजीको सिटामोल उत्पादन अनुमति दिइयो।

दुई वर्षको प्रयासपछि २०७९ साउनमा औषधि व्यवस्था विभागले ६५० एमजीको सिटामोल उत्पादन अनुमति दिएको थियो।

तत्कालीन औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले औषधि सल्लाहकार समितिको सिफारिसमा नेसनल हेल्थ केयर, मारुती फर्मास्युटिकल्स र रोयल फर्मास्युटिकल्सलाई ६५० एमजी सिटामोल उत्पादनको अनुमति दिएका थिए।

६५० एमजीको सिटामोल उत्पादन थालिएको एक वर्षभन्दा बढी समय भइसक्दा पनि हालसम्म बजारमा आएको छैन।

विभागका महानिर्देशक नारायण ढकालले​ ६५० एमजीका सिटामोल नेपालका लागि आवश्यक नभएको भन्दै बजार अनुमति नदिने बताए।

उनका अनुसार केही व्यक्तिको तौलअनुसार ५०० एमजीको एक चक्की पनि कम हुने र दुई चक्की दिँदा बढी हुने अवस्था रहेको समयमा ६५० एमजीको सिटामोल अहिल्यै नेपालमा आवश्यक नरहेको हो।

विभागका महानिर्देशक ढकालले भने‚ ‘अहिलेको अवस्थामा हाम्रोमा ६५० एमजीको सिटामोल आवश्यक छैन। ५०० एमजीको एक चक्की पनि कम हुने र दुई चक्की दिँदा बढी हुने अवस्था रहेको छ। यस्तो अवस्थामा ६५० एमजीको सिटामोल हाम्रोमा आवश्यक छैन।