Hotel Panchthar Nepco Media

अम्बानीको कम्पनी रिलायन्सले अमेरिकी वाल्ट डिज्नीको भारतीय व्यवसाय किन्ने

एजेन्सी । भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिजले अमेरिकी मनोरञ्जन कम्पनी वाल्ट डिज्नीको भारतीय व्यवसाय किन्न लागेको छ ।

रिलायन्सले नगद र शेयर दिएर करिब १० अर्ब डलरमा डिज्नी स्टारको बहुमत शेयर  किन्न लागेको स्रोतले जनाएको छ । केही स्रोतले भने डिज्नीको सम्पत्तिलाई रिलायन्सले ७ अर्ब देखि ८ अर्बबीच मूल्यांकन गरेको छ ।

यो खरिद सम्झौताको घोषणा छिटोमा आगामी महीना हुन सक्ने बताइएको छ । यो सम्झौतामा डिज्नीलाई पनि भारतीय कम्पनीमा अल्पसंख्यक हिस्सा मिल्नेछ ।

सम्झौताको आकारबारे अहिलेसम्म अन्तिम निर्णय भइसकेको छैन । डिज्नीले आफ्नो सम्पत्तिको मूल्यांकन गर्न केही बढी समय लिन सक्ने बताइएको छ  ।