काठमाडौं । एसिसी यू-१९ प्रिमियर कपमा नेपालले बहराइनलाई ७ विकेटले हराएको छ।
आइतबार मलेसियामा भएको खेलमा ३७.५ ओभरमा अलआउट भएको बहराइनले नेपाललाई ७८ रनको लक्ष्य दिएको थियो।
नेपालले उक्त लक्ष्य ३ विकेट गुमाएर ११.४ ओभरमा पूरा गर्यो।
समूह चरणको अन्तिम खेल नेपालले कात्तिक २ गते साउदी अरबसँग खेल्नेछ।