नेपाली कामदार पठाउन जर्मनीसँग श्रम सम्झौता

काठमाडौं । नेपालले जर्मनीसँग पनि श्रम सम्झौता गरेको छ।

नेपालले जर्मनसँग मंगलबार श्रम सम्झौता गरेको हो।

यसअघि नेपालले रोमानियासंग श्रम सम्झौता गरेको थियो।

सुरक्षित गन्तव्यको खोजी गर्ने क्रममा नेपालले श्रम सम्झौता युरोपेली देश रोम निया र जर्मनीसँग पनि श्रम सम्झौता गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

समझदारी अनुसार जर्मनी जाँदा श्रमिकहरूले कुनै पनि शुल्क तिर्नु नपर्ने श्रम मन्त्रालयका सूचना अधिकारी कृष्ण भूसालले जानकारी दिए।

जर्मनीले अहिले कुन-कुन क्षेत्रमा नेपाली श्रमिक लैजाने भनेर नतोकेको श्रम मन्त्रालयका एक अधिकारीले बताए। जर्मनीमा निर्माण क्षेत्र, फ्याक्ट्रीलगायत क्षेत्रमा श्रमिक माग हुने गरेको छ।

जर्मनी जान श्रमिकहरूले अनलाइन मार्फत आवेदन दिन सक्ने छन्।