काठमाडौं। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसंघीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटवार्ता भएको छ ।
आइतबार सम्पन्न सो भेटमा उनीहरुबीच विश्व शान्ति र सुरक्षाका बारेमा छलफल भएको राष्ट्रसंघका लागि नेपाली नियोगले जनाएको छ।