Hotel Panchthar Nepco Media

पोखराबाट २८ तोला सुनसहित एक महिला पक्राउ

पोखरा । पोखरामा सुनसहित एक जना महिलालाई वडा प्रहरीले पक्राउ गरेको हो ।

पोखरा बसपार्कबाट एक जना महिलालाई सुनसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका(१ घर भई काठमाडौंको जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरूङ छन्।उनी काठमाडौंबाट ग १ ख ९९४४ नम्बरको बसमा पोखरा गएकी थिइन्। उनले सुन ल्याएर आएको विशेष सूचना प्रहरीले पाएको थियो।

बसबाट ओर्लिएपछि प्रहरीले गुरूङमाथि चेक गर्ने क्रममा सुन बरामद भएको हो।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट डिएसपी जोशीको कमान्डमा टोली खटिएको थियो। गुरूङले छातीमा सेतो टेपले बेरेर ब्राभित्र सुन लुकाएर राखेकी थिइन्।

उनीमाथि वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान अघि बढाएको छ।